विजय पौडेलको निधनपछि एमाले पर्सा क्षेत्र नं. ३ को शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित

वीरगञ्ज । कम्युनिष्ट नेता विजय पौडेलको निधनमा शोक व्यक्त गर्दै नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ ।

कमिटीले २०८३ असोज २८ गते बुधबार दिउँसो १२ः१५ बजे पर्साको पकाहा मैनपुर गाउँपालिका–२ स्थित मानिकपुरमा कार्यक्रम आयोजना गर्ने तय गरेको थियो ।

कम्युनिष्ट नेता पौडेलको मंगलबार निधन भएपछि उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गर्ने उद्देश्यले कार्यक्रम स्थगित गरिएको कमिटीले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन आमन्त्रित सम्पूर्ण नेता, कार्यकर्ता तथा अन्य महानुभावलाई कार्यक्रम स्थगित भएको जानकारी गराउँदै कमिटीले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

कमिटीले दिवंगत नेता पौडेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

ताजा अपडेट

Local News