काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन्। बिमस्टेकअन्तर्गत आयोजना हुने बैठकमा सहभागी हुन उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुने बैठकमा नेपालसहित सात देशका गृहमन्त्री सहभागी हुनेछन्।
बैठकमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुने जनाइएको छ।
बैठकमा क्षेत्रीय सहकार्य तथा साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
