रवि–छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ ।

उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यसअघिको सुनुवाइ सार्वजनिक बिदा भएका कारण हुन सकेको थिएन ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विहीबारको पेशी गत १३ गतेपछि निरन्तर सरिरहेको छ ।

लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन् ।online khabar

ताजा अपडेट

Local News