बिरगंजमा पहिलोपटक महिलामुखी अन्तर्राष्ट्रिय स्तरको क्लब इनर व्हील क्लब अफ बिरगंजको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। रोटरी वर्ष २०२४/२५ मा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको प्रायोजनमा अध्यक्ष रोटेरियन अनिल जयसवालको कार्यकाल र नेतृत्वमा यो इनर ह्वील क्लब यो क्लबको स्थापना गरिएको हो।
इनर व्हील क्लब अफ बिरगंजको चार्टर अध्यक्षको रूपमा मनजरी श्रेष्ठ चयन भएकी छिन्। क्लबको नेतृत्वमा निम्न पदाधिकारीहरू रहेका छन्: उपाध्यक्ष: डा. प्रीति गुप्ता, सचिव: निलम ब्याहुत, कोषाध्यक्ष: निभा दास
आईएसओ: सरिता यादव, संपादक: प्रियंका झा चयन भएका छिन ।
कार्यक्रममा इनर व्हील जिल्ला अध्यक्ष आशा श्रेष्ठले क्लबका २० जना सदस्यहरूलाई औपचारिक रूपमा चार्टर प्रदान गर्दै सम्मान गरेकी थिइन्। साथै, जिल्ला प्रतिनिधि सबिता दास र बिनिता अधिकारीको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका सचिव हरिओम साह, पूर्व अध्यक्ष संजय साह, शशि रञ्जन, डा. अशोक दास लगायतको पनि विशेष सहभागिता रहेको थियो।
नवगठित क्लबले सामाजिक सेवामा सक्रिय रही महिला सशक्तिकरण र समुदाय विकासमा योगदान पुर्याउने र महिलामुखी अन्तर्राष्ट्रिय क्लबको स्थापना, सामाजिक सेवा र महिला सशक्तिकरणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको छ।
