वीरगञ्जमा पत्रकार महासंघ र भारतीय महावाणिज्यदूतावासबीच मैत्रीपूर्ण क्रिकेट

वीरगञ्ज, फागुन २४ गते ।

नेपाल पत्रकार महासंघ पर्सा शाखा र भारतीय महावाणिज्यदूतावासबीच आज ज्ञानदा एकेडेमीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भारतीय महावाणिज्यदूतावास ६ विकेटले विजयी भयो ।

१५ ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको टोली २४ रनमा अलआउट भयो । २५ रनको लक्ष्य पछ्याएको भारतीय महावाणिज्यदूतावासले ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।
खेलको म्यान अफ द म्याच नेपाल पत्रकार महासंघका खेलाडी सद्दाम हुसैन भए । उनलाई महावाणिज्यदूत देवी सहाय मीणाले पुरस्कृत गर्नुभयो ।

महावाणिज्यदूत मीणाले खेलले पत्रकार र महावाणिज्यदूतावासबीचको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनालले खेलको माध्यमबाट आपसी सम्बन्धलाई निरन्तरता दिनुपर्ने बताए ।

ताजा अपडेट

Local News