लहावरथकरी स्वास्थ्य चौकी स्तरउन्नती, युवा नेता साहको पहल सफल, ३५ लाख बजेट विनियोजन

पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको लहावरथकरी स्वास्थ्य चौकीको स्तरउन्नति हुने भएको छ। नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष तथा युवा नेता अकलेश साहको पहलमा मधेश प्रदेश सरकारले स्वास्थ्य चौकीको स्तरउन्नतिको लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।

प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट स्वास्थ्य चौकीको पर्खाल र गेट निर्माण गरिनेछ। यसका लागि आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गरिएको छ।

अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका युवा नेता साहले केही दिनभित्रै स्वास्थ्य चौकीको निर्माण कार्य सुरु हुने जानकारी दिए। उनले स्वास्थ्य चौकीको स्तरउन्नति गर्न आफूले पटक-पटक पहल गरेको बताए।

युवा नेता साहले २०८४ को स्थानीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले गाउँपालिकाको विकास निर्माणलाई प्राथमिकतामा राखेर अघि बढेको बताए। हाल पकहाँमैनपुर गाउँपालिकामा नेपाली कांग्रेसको प्यानलले जितेको छ। तर, विकासको गति नलिएको उनको आरोप छ।

काम गर्न पद आवश्यक नहुने भन्दै उनले जनताको भावना बुझ्न लगनशीलता हुनुपर्ने बताए। नेकपा एमाले जनप्रिय पार्टी भएको र आफू एमाले कार्यकर्ता भएकाले जनताको पक्षमा काम गर्ने उनको प्रतिबद्धता छ। उनले एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई आत्मसात् गरेर गाउँपालिकालाई समृद्ध बनाउने बताए।

ताजा अपडेट

Local News