नारायणी अस्पताललाई नमुना बनाउने योजना : अध्यक्ष गुप्ता

सेवामूलक संस्थामा गुणस्तरीय सेवाका लागि पूर्वाधार र भौतिक संरचना आवश्यक हुन्छ । निजी अस्पतालमा पूर्वाधार र गुणस्तरीयतामा खासै समस्या नभए पनि सरकारी अस्पतालहरू पूर्वाधार र उपकरणको अभावमा गुणस्तरीय सेवा दिन सकिरहेका छैनन्। वीरगञ्जको नारायणी अस्पताल पनि कमजोर पूर्वाधारका कारण चाहेर पनि गुणस्तरीय सेवा दिन सकिरहेको छैन ।

अस्पतालमा महँगो उपकरणलाई सुरक्षित रुपमा राख्न समस्या भएको छ । अस्पतालमा गुणस्तरीय सेवा दिन र उपकरणको सही व्यवस्थापन गर्न विभिन्न संरचना र कक्षको आवश्यकता पर्दछ । पूर्वाधारसँगै मेशीन उपकरण र दक्ष जनशक्तिको संयुक्त प्रयासले मात्र बिरामीलाई गुणस्तरीय सेवा दिन सकिने नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ता बताउँछन् ।

बिरामीको सेवालाई प्रविधिमैत्री सेवा दिएर अस्पतालको सेवालाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ । सीमित स्रोत साधनसँगै अस्पतालको स्तरोन्नति र विशिष्ट सेवा दिन आफूहरू अगाडि बढेको उनले बताए । अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सबै क्षेत्र, राजनीतिक दल, नागरिक समाज र अस्पतालका कर्मचारी तथा चिकित्सकको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने उनको धारणा छ ।

ताजा अपडेट

Local News