अकलेश कुमार साहले सुर्जाहामा कल्भटको शिलान्यास गरे

फागुन ८ गते,

नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कुमार साहले सुर्जाहामा कल्भर्टको शिलान्यास गरेका छन्। अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका युवा नेता साहले बुधबार एक कार्यक्रममा कल्भर्टको शिलान्यास गरेका हुन्।
पकहाँमैनपुर गाउँपालिका वडा नम्बर २ सुर्जाहामा रहेको यो कल्भर्ट लामो समयदेखि अलपत्र थियो। यसले स्थानीय नागरिकलाई सास्ती दिएको थियो। एमाले पकहाँमैनपुर गाउँपालिका वडा नम्बर दुईका वडा कमिटी अध्यक्ष रामसेवक पाण्डेका अनुसार आर्थिक सहयोग जुटाएर कल्भर्ट निर्माण सुरु गरिएको हो। उनले पालिकाका जनप्रतिनिधिलाई पटकपटक आग्रह गर्दा पनि चासो नदिएको बताए।
सामाजिक अभियन्ताको पहिचान बनाएका युवा नेता साहले २०८४ को निर्वाचनमा पकहाँमैनपुर गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले नेकपा एमाले जनताको पार्टी भएको र जनताको सुखदुःखमा साथ दिने गरेको बताए। उनी सामाजिक कार्यमा निरन्तर सक्रिय छन्।
दुई लाख रुपैयाँ लागतको कल्भर्ट निर्माण एमाले वडा कमिटी अध्यक्ष पाण्डे र वडास्तरीय नेता कार्यकर्ताको निजी सहयोगमा सुरु भएको साहले जानकारी दिए।

ताजा अपडेट

Local News