वीरगंजमा गैरकानुनी नागरिकताको बिगबिगी: पैसाको आडमा पहिचानको दुरुपयोग

वीरगंजमा आर्थिक चलखेलका आधारमा गैरकानुनी रूपमा नागरिकता लिने क्रम बढ्दो छ। विशेष गरी मारवाडी समुदायका केही व्यक्तिले पैसाको आडमा नेपाली नागरिकता प्राप्त गर्ने गरेको पाइएको छ।

भारतको पूर्वी चम्पारण, चकियाबाट वीरगंज आएका अशोक तुलस्यानले भन्सार दलालीबाट कमाएको धनले घरजग्गा जोड्नुका साथै छोराको नाम परिवर्तन गरी गलत विवरणका आधारमा नेपाली नागरिकता दिलाए। भारतमा अंशु तुलस्यान नाम रहेका छोरालाई नेपालमा अन्तरिक्ष तुलस्यान नाम राखी नागरिकता बनाइएको छ।

स्थानीय प्रशासन र राजनीतिक स्वार्थले यस्ता कार्यलाई मौन सहमति दिँदै आएका छन्। जसका कारण वास्तविक नेपाली नागरिकहरू उपेक्षित हुन पुगेका छन्। विदेशी मूलका व्यक्तिहरूले राज्य संयन्त्रमा प्रभाव जमाउँदै जानुले नागरिकता प्रणालीप्रति नै विश्वास कमजोर हुँदै गएको छ।

नागरिकता ऐनअनुसार गलत विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ। तर, प्रशासनिक कमजोरी र राजनीतिक हस्तक्षेपका कारण यस्ता अवैध कार्यहरू दण्डहीनताको अवस्थामा रहेको छ।

यस्ता गैरकानुनी गतिविधिहरूलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूले कडा अनुगमन र कानुनी कारबाही सुनिश्चित गर्न आवश्यक छ। अन्यथा, पैसाको प्रभावमा नागरिकता वितरणको प्रवृत्तिले देशको सुरक्षा, कानुनी संरचना, र सामाजिक स्थायित्वलाई गम्भीर चुनौती पुर्‍याउन सक्छ।

ताजा अपडेट

Local News