प्रधानमन्त्री ओलीको चीन भ्रमणस् व्यापार र लगानीमा केन्द्रित

काठमाडौँ, १२ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा ४० सदस्यीय उच्चस्तरीय टोली सहभागी हुने भएको छ। यस टोलीमा सरकारका विभिन्न मन्त्री, सचिव तथा निजी क्षेत्रका प्रतिनिधिहरू समावेश हुनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार, परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन भ्रमणमा जानेछिन्। उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जानेछिन्। प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच १८ मंसिरमा उच्चस्तरीय भेटवार्ता हुने सम्भावना छ।

ताजा अपडेट

Local News