पाकिस्तान, ११ मंसिर : पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरूले गरेको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।
स्थिति नियन्त्रणमा लिन सरकारले सेना परिचालन गरेको छ। पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार कानुनी व्यवस्था कायम गर्न सेनालाई खटाइएको अधिकारीहरूले बताएका छन्।
इस्लामावाद प्रशासनले प्रदर्शनकारीहरूलाई रोक्नका लागि नाकाहरूमा कडाइ गरेको छ। इमरान खान नेतृत्वको पाकिस्तान तहरीक(ए(इन्साफ ९पीटीआई०का कार्यकर्ताहरूले मार्चपास गर्दै संसदसम्म पुग्ने घोषणा गरेका छन्।
