काठमाडौं, ११ मंसिर : सरकारले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको चीन भ्रमणलाई स्वीकृत गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राणाको चीन भ्रमणलाई अनुमोदन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको पूर्वतयारीका लागि मंसिर १३ गतेदेखि १५ गतेसम्म चीन भ्रमणमा जाने भएकी हुन्।
