कोशी प्रदेशका पूर्वआन्तरिक मामिला मन्त्री अधिकारी १६ दिनपछि रिहा

विराटनगर, ११ मंसिर : कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विवादास्पद जापान भ्रमण प्रकरणमा मुछिएर पक्राउ परेको १६ दिनपछि रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतले उनलाई सोमबार साँझ रिहा गर्ने आदेश दिएको हो। सरकारी वकिल कार्यालयले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनी रिहा भएका हुन्।

अधिकारीले जापान भ्रमणमा असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै जापान पुर्‍याउन सघाएर मानव तस्करी गरेको भन्ने आरोप लागेको थियो। तर, प्रहरी अनुसन्धानबाट अधिकारीले जापान छिर्न लागेका व्यक्तिहरूबारे नेपाल प्रहरी र जापानको अध्यागमनलाई पहिलो जानकारी गराएको खुलेपछि उनलाई मुद्दा नचलाउने निर्णय भएको हो।

जापानको कानुनको हेर्ने निकायले अधिकारीसँगै गएका अन्य तीन जनालाई ‘एक्सक्लुसन अर्डर’ जारी गरेको छ।

ताजा अपडेट

Local News