रविको काठमाडौं यात्रा अन्योलमा

पोखरा, ११ मंसिर : सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं पठाउने तयारी भए पनि हवाई टिकटको समस्याका कारण ढिलाइ भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले लामिछानेलाई बिहान ८स्४० बजेको बुद्ध एयरको उडानमार्फत काठमाडौं पठाउने तयारी भए पनि अहिलेसम्म टिकट प्राप्त नभएको बताए।

आज बयानका लागि काठमाडौं पठाउने भनिएको हो तर हवाई टिकट लगायतका कागजात प्राप्त भइसकेको छैन, डीएसपी शर्माले भने।

काठमाडौंबाट जारी भएको पक्राउ पुर्जीका आधारमा लामिछानेलाई काठमाडौं लगेर थप अनुसन्धान गरिनेछ। यसअघि, उनीमाथि बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा पनि लगिएको थियो।

ताजा अपडेट

Local News