प्रधानमन्त्रीको स्पष्ट भनाइ : चीन भ्रमणमा ऋण सम्झौता हुने छैन

काठमाडौं, १० मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमणका क्रममा वीआरआई परियोजना अन्तर्गत कुनै ऋण सम्झौता नहुने बताएका छन्। यस भनाइले नेपाली राजनीतिमा नयाँ बहस सुरु गरेको छ।

एक समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले वीआरआई परियोजनालाई लिएर सरकारको धारणा स्पष्ट पारेका हुन्। उनले भने, “हामी वीआरआई परियोजनालाई महत्व दिन्छौँ, तर त्यसको अर्थ हामी कुनै पनि हालतमा ऋण लिन तयार छौँ भन्ने होइन।”

यद्यपि, प्रधानमन्त्रीको यो भनाइमा केही विपक्षी दलका नेताहरूले असहमति जनाएका छन्। नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले वीआरआईबाट नेपालले लाभ लिन सक्ने भन्दै ऋण लिने नीतिलाई पूर्ण रूपमा बन्द गर्न नहुने बताएका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पनि देशको आवश्यकताअनुसार छिमेकी मुलुकसँग ऋण लिन सकिने बताएका छन्। उनले वीआरआई परियोजनामा अनुदान मात्रै खोज्नु उपयुक्त नहुने धारणा राखे।

वीआरआई परियोजनालाई लिएर सत्तारुढ दलभित्रै पनि मतभेद देखिएको छ। कांग्रेसले वीआरआई अन्तर्गत कुनै पनि हालतमा ऋण स्वीकार नगर्ने अडान लिएको छ भने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले देशको हितमा भएको भन्दै नेपालले लाभ लिनुपर्ने बताएका छन्।

ताजा अपडेट

Local News