वीरगञ्ज, ९ मंसिर : जिल्ला प्रशासन कार्यालय पर्साले रआफ्नो प्राङ्गणमा भाडामा लगाइएका सटरहरू ३५ दिनभित्र खाली गर्न भनेपछि त्यहाँ व्यापार गर्दै आएका व्यवसायीहरू आन्दोलित भएका छन्।
गत मङ्सिर ७ गतेको निर्णयअनुसार जिल्ला प्रशासनले सेवाग्राहीहरूको चाप व्यवस्थापनका लागि सटरहरू आफ्नै प्रयोगमा ल्याउने भएको हो। यस निर्णयले पाँच वर्षे सम्झौतामा सटर भाडामा लिएका व्यवसायीहरूलाई मर्कामा पारेको छ।
व्यवसायीहरूले अचानक सटर खाली गर्नुपर्ने भएपछि आफ्नो व्यवसाय सङ्कटमा पर्ने बताएका छन्। उनीहरूले विकल्प खोज्न समय नपाएको भन्दै प्रशासनसँग सहयोगको अपेक्षा गरेका छन्।
