राहदानी वितरणमा समस्या, सेवाग्राही आक्रोशित

काठमाडौं, ९ मंसिर : राहदानी विभागको सेवा अनिश्चितकालका लागि ठप्प हुँदा सेवाग्राहीहरू आक्रोशित भएका छन्। त्रिपुरेश्वरस्थित विभागको कार्यालय परिसरमा भेला भएका सेवाग्राहीहरूले सेवा सुरु गर्न माग गर्दै नाराबाजी गरेका छन्। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ।

राहदानी विभागले प्रणालीमा समस्या आएको भन्दै सेवा बन्द गरेको जनाएको छ। विभागले गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई यसबारे जानकारी गराएको थियो। विभागले १० मंसिरदेखि सेवा सुचारु गर्ने प्रयास गरिरहेको भने पनि सेवाग्राहीहरूमा निराशा छाएको छ।

सेवाग्राहीहरूले आफूहरूको अनुहार मिडियामा आउन नचाहेको भन्दै विभागले फोटोरभिडियो खिच्न रोक लगाएको भए पनि सेवाग्राहीहरूले आफ्नो समस्या सार्वजनिक गरिरहेका छन्।

ताजा अपडेट

Local News