सहकारी ठगी प्रकरण : रवि लामिछाने अझै १५ दिन हिरासतमा रहने

पोखरा, ९ मंसिर : कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि थप १५ दिनको लागि अनुसन्धान गर्न अनुमति दिएको छ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई अझै १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको हो।

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पनि अनुसन्धान भइरहेको छ। उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप छ।

ताजा अपडेट

Local News