यो सरकार चुनावसम्म स्थिर रहने प्रधानमन्त्रीको भनाइ

काठमाडौं, ७ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म वर्तमान सरकार कायम रहने दाबी गरेका छन्। काठमाडौंको दरबारमार्गमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार ढल्ने भन्ने हल्लामा नपर्न आग्रह गरेका हुन्।

“०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,” प्रधानमन्त्री ओलीले भने, “यस्ता भ्रममा नपर्नुहोस्, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुहोस्।”

प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्रीको जिम्मेवारी कति समयसम्म सम्हाल्ने भन्नेबारे पनि स्पष्ट पारेका छन्। उनले भने, “२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवाजी प्रधानमन्त्री रहनुहुन्छ।”

पछिल्लो समय सरकार ढल्ने हल्लाहरू फैलिएका बेला प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा बटुलेको छ। उनले केही पक्षहरूले सरकारको आयु छोट्याउने प्रयास गरिरहेको आरोप लगाउँदै भने, “फरवरीको भाका राख्दैछन्। तर हाम्रो सत्ता समीकरण ०८४ सम्म जान्छ।”

ताजा अपडेट

Local News