वीरगञ्जबाट पोखरा जाँदै गरेको बस सडकबाट खस्यो, १७ घाइते

वीरगञ्ज, ७ मंसिर : वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस मकवानपुरको चुरियामाई मन्दिर नजिक शुक्रबार बिहान ९स्२० बजे दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। ब्रेक फेल भएर सडकबाट खसेको बसमा सवार यात्रुहरु घाइते भएका हुन्।

घाइतेहरुको उद्धार गरी हेटौँडा अस्पताल लगिएको छ। प्रारम्भिक जानकारीअनुसार दुई जनाको अवस्था सामान्य, चौध जनाको मध्यम र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा अपडेट

Local News