वीरगञ्ज, ७ मंसिर : वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज रिजालको सरुवा भएको छ। उनी अब धनुषा महिनाथपुरस्थित सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्ममा कार्यभार सम्हाल्नेछन्।
रिजालको स्थानमा सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा आउने भएका छन्। सुब्बा यसअघि सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल नम्बर ३७ गण हेड क्वार्टरमा कार्यरत थिए।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंले बिहीबार रिजालसहित तीन जना सशस्त्र प्रहरी नायब उपरीक्षक ९डिएसपी०हरुको सरुवा गरेको हो। यस सरुवाले वीरगञ्ज भन्सारको सुरक्षा व्यवस्थामा केही परिवर्तन ल्याउने अनुमान गरिएको छ।
