काठमाडौं, ४ मंसिर : नेपालको सेयर बजारमा आज उत्साह छाएको छ। विभिन्न १६ वटा कम्पनीको सेयर मूल्यले आज नयाँ उच्च विन्दु छोएको छ। यीमध्ये अधिकांश हाइड्रोपावर क्षेत्रका कम्पनीहरू छन्।
नेपाल स्टक एक्सचेन्जको तथ्याङ्कअनुसार मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, बरुण हाइड्रोपावर, रिभर फल्स पावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, अपरहेवाखोला हाइड्रोपावर, सयपत्री हाइड्रोपावर र बाराही हाइड्रोपावर जस्ता हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
यसैगरी, विकास बैंक क्षेत्रबाट कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंक, लघुवित्त क्षेत्रबाट धौलागिरि लघुवित्त, माहुली सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त र मानुषी लघुवित्त तथा फाइनान्स क्षेत्रबाट जानाकी फाइनान्सको सेयर मूल्य पनि आज नयाँ उच्च विन्दुमा पुगेको छ।
