मधेशमा वडाध्यक्षका लागि कडा प्रतिस्पर्धा

जनकपुरधाम, ३ मंसिर : आगामी मंसिर १६ गते हुने मधेश प्रदेशका सात वटा वडाध्यक्ष पदका लागि १०३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आइतबार भएको मनोनयन दर्तामा विभिन्न दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको पनि बाक्लो उपस्थिति रहेको छ।

विभिन्न जिल्लाका विभिन्न वडामा उम्मेदवारको संख्या हेर्दा यस पटकको स्थानीय तह उपनिर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ मा २१ जना, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. २ मा २० जना, सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं. १ मा ९ जना र वडा नं. ४ मा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, रौतहटको इशनाथ नगरपालिका वडा नं. ७ मा १५ जना, राजपुर नगरपालिका वडा नं. ६ मा १४ जना र गढीमाई नगरपालिका वडा नं. १६ मा १६ जनाले उम्मेदवारी दिएका छन्।

ताजा अपडेट

Local News