भारतमा रहेकी हसिनालाई फिर्ता ल्याउन बंगलादेशको माग

ढाका, ३ मंसिर : बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो १०० दिनको कार्यकाल पूरा भएको अवसरमा सम्बोधन गर्दै अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता पठाउन भारतसँग माग गरेका छन्।

आरक्षणसम्बन्धी विवादपछि बंगलादेश छाडेर भारत गएकी शेख हसिनाले त्यहाँबाट निरन्तर राजनीतिक गतिविधि गरिरहेकी छिन्। यसले बंगलादेशको राजनीतिक स्थिरतामा चुनौती खडा गरेको भन्दै युनुसले चिन्ता व्यक्त गरेका छन्।

बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता तौफिक हसनले पनि शेख हसिनाले भारतमा बसेर गरिरहेका राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। उनले भारत सरकारलाई यस विषयमा औपचारिक रूपमा जानकारी गराइसकेको बताएका छन्।

शेख हसिनाले भारतमा शरण लिएको करिब १०० दिन भइसकेको छ। यसबीचमा उनले बंगलादेशको राजनीतिक परिस्थितिबारे निरन्तर टिप्पणी गर्दै आएकी छिन्।

ताजा अपडेट

Local News