काठमाडौं, २८ कात्तिक : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगको लाइन पुनः काटिने चेतावनी दिएका छन्।
सरकारको निर्देशनअनुसार प्राधिकरणले बक्यौता उठाउनका लागि यसअघि पनि लाइन काटेको थियो। तर, पछि सरकारको निर्णयअनुसार लाइन जोडिएको थियो।
घिसिङका अनुसार, अब १५ दिनभित्र बक्यौता नउठेमा प्राधिकरणले पुनः लाइन काट्नेछ। उनले भने, “हामीले कानुनी रूपमा बक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ, त्यसलाई मान्न हामी बाध्य छौं, तर अब बक्यौता उठाउने जिम्मेवारी नेपाल सरकार र ऊर्जा मन्त्रालयको पनि हो।”
यसको अर्थ, अब बक्यौता असुलीको जिम्मेवारी सरकारले पनि लिनुपर्ने भएको छ।
