काठमाडौं, २८ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही प्रहरीको हिरासतबाटै पार्टीका नेताहरूसँग भेटघाट गरी आन्दोलनलाई शान्तिपूर्ण राख्न निर्देशन दिएका छन्।
बुधबार बिहान पार्टीका नेताहरूसँगको भेटमा लामिछानेले आफूमाथि लागेका आरोप निराधार भएको दाबी गर्दै न्यायिक प्रक्रियालाई विश्वास गर्न आग्रह गरेका छन्। उनले सरकारले आफूलाई फसाउने षड्यन्त्र रचेको आरोप लगाएका छन्।
लामिछानेले आफूलाई भेट्न आएका नेताहरूलाई आन्दोलनलाई शान्तिपूर्ण राख्न र अराजक गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्। उनले भने, ूआन्दोलन शान्तिपूर्ण हुनुपर्छ। अराजक गतिविधिले आन्दोलनलाई कमजोर बनाउँछ।
लामिछानेलाई बुधबार पनि प्रहरीले बयान लिएको छ। उनले प्रहरीको व्यवहार राम्रो रहेको बताएका छन्।
रास्वपाका कार्यकर्ताहरूले लामिछानेको रिहाइको माग गर्दै देशभर प्रदर्शन गरिरहेका छन्।
