ट्रम्प प्रशासनमा मस्कको प्रवेशले राजनीतिमा नयाँ मोड लियो

काठमाडौं, २८ कात्तिक : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई सरकारी दक्षता विभागको प्रमुखमा नियुक्त गरेका छन्। यो विभागको मुख्य उद्देश्य सरकारी खर्च कटौती गरी सरकारलाई अझै प्रभावकारी बनाउनु हो।

ट्रम्पले यो विभागको नेतृत्वका लागि भारतीय मूलका विवेक रामास्वामीलाई पनि नियुक्त गरेका छन्। ट्रम्पले विज्ञप्ति जारी गर्दै मस्कलाई महान एलन मस्क र रामास्वामीलाई देशभक्त अमेरिकी भनेका छन्।

रामास्वामीले यो जिम्मेवारीलाई आक्रामक रूपमा पूरा गर्ने बताएका छन्। उनले भनेका छन्, हामी नरम रूपमा प्रस्तुत हुने छैनौं।

ट्रम्पको सेभ अमेरिका अभियानअन्तर्गत अनावश्यक सरकारी विभाग र एजेन्सीहरू बन्द गर्ने र अप्रासंगिक नियमकानुन संशोधन गर्ने लक्ष्य राखिएको छ। मस्क र रामास्वामीले यस अभियानलाई सघाउने छन्।

यसअघि ट्रम्पले मंगलबार फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार र मार्को रुबियोलाई विदेश मन्त्रीमा नियुक्त गरेको घोषणा गरिसकेका छन्।

ताजा अपडेट

Local News