काठमाडौं, २७ कात्तिक : ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई डिल्लीबजार कारागारको ख ब्लकमा राखिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले पक्राउ गरेका मनाङेलाई मंगलबार नै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराएपछि डिल्लीबजार कारागार लगिएको हो। कारागारका जेलर पूर्णबहादुर खत्रीका अनुसार, मनाङेलाई ख ब्लकमा राखिएको छ।
ख ब्लकमा अहिले १५० जना कैदीबन्दी छन्। मान्छेको चाप कम हुने भएकाले मनाङे ख ब्लक नै रोजेको हुनसक्ने कारागार प्रशासनको बुझाइ छ। अधिकांशजसो भीआईपीहरू डिल्लीबजार कारागारको ख ब्लक नै रोज्ने गर्छन् किनकि यहाँ कैदी चाप कम हुन्छ, हो–हल्ला पनि नहुन्छ र मान्छेको भेटघाटलाई पनि सहज हुन्छ।
दीपक मनाङेको समूहले २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा अर्का गुण्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए। जिल्ला अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो। तर, पुनरावेदन अदालतले ज्यान मार्ने उद्योग ९प्रयास० गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो। सर्वोच्च अदालतले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेलाई कारागार चलान गरिएको हो।
मनाङे २०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएका थिए। उनी पटक(पटक मन्त्री पनि बनेका थिए। तर, ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएपछि उनको राजनीतिक करियरमा ठूलो धक्का लागेको छ।
