बयान दिएर निस्कँदै रवि लामिछानेले भने : खोरमा बसेर बाघ स्याल हुँदैन

बुटवल, २७ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा आफ्ना समर्थकलाई सम्बोधन गर्दै ुखोरमा थुनिँदैमा बाघ स्याल हुँदैनु भन्ने अभिव्यक्ति दिएका छन्।

लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको थियो। उनलाई आज पोखराबाट बयानका लागि भैरहवा लगिएको थियो।

लामिछानेलाई भैरहवा ल्याएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। रास्वपाका कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटलगायतका ठाउँमा भेला भई रविको पक्ष र विपक्षमा प्रदर्शन गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले प्रतिशोध राखेर सभापति लामिछानेलाई हिरासतमा राखेको भन्दै देशभर आन्दोलन गरिरहेको छ।

ताजा अपडेट

Local News