काठमाडौं, १६ असोज : नेपाली क्रिकेटका स्टार खेलाडी दीपेन्द्र सिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टी—२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दोस्रो स्थान हासिल गरेका छन्। यो नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हो।
आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्रले चार स्थानको सुधार गर्दै यो कीर्तिमानी उपलब्धि हात पारेका हुन्। उनको अहिलेको रेटिङ २३० रहेको छ। टी—२० आई अलराउन्डर वरीयतामा शीर्ष स्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन्।
दीपेन्द्र यसअघि छैटौँ स्थानमा थिए। उनको यो उल्लेखनीय प्रगतिले नेपाली क्रिकेटमा नयाँ अध्यायको थालनी गरेको छ।
