युवाहरूलाई विदेशिनुको सट्टा देशमै केही गर्न मन्त्रीको सुझाव

वीरगन्ज, ११ कात्तिक : संघीय सरकारका खानेपानी मन्त्री तथा जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नबनाई जीवन बुझ्ने र समाधान खोज्ने सीपको रूपमा लिनुपर्ने बताएका छन्।

आइतबार वीरगन्जस्थित ओम नेशनल एकेडेमीद्वारा आयोजित कक्षा ११ का विद्यार्थीहरूको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र आत्मविश्वासका साथ आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गरे। उनले विद्यार्थीहरूलाई विद्यालयले दिएको ज्ञान र जीवन पाठले आगामी जीवनको हरेक मोडमा मार्गदर्शन रूपमा प्रयोग गर्न आग्रह गर्दै देश र समाजको सेवा गर्ने सोच राख्नपनि सुझाए।

मन्त्री यादवले विदेशमा मात्रै अवसर नखोजेर देशमै केही नयाँ गर्न युवाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए। उनले भने, “तपाईँहरूको सोच र मेहनतले देशको भविष्य निर्माणमा ठूलो योगदान पु¥याउन सक्छ।”

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विद्यालय र अभिभावकहरूको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई आफ्नो अध्ययनसँगै समाजप्रति जिम्मेवार हुन र नेतृत्वको भूमिकामा सहभागी हुन प्रेरित गरे।

ताजा अपडेट

Local News