काठमाडौं, ९ कार्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको १०० दिनको कार्यसम्पादनलाई सन्तोषजनक बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै देउवाले भने, सय दिनलाई मैले त राम्रो मानेको छु, राम्रो काम गरेको छ।
उनले विशेषगरी पछिल्लो समय आएको बाढी पहिरोमा सरकारले गरेको उद्धार तथा राहतको कामको प्रशंसा गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको दुई वर्षे कार्यकालको सहमतिबारे टिप्पणी गर्दै देउवाले भने, कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर ठिक छ, सबैको राम्रो छ सय दिनको काम।
