सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत साह घुससहित रंगेहात पक्राउ

बारा, ८ कात्तिक : बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुस लिँदै गरेको आरोपमा पक्राउ परेका छन्।

हेटौँडाबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा साहलाई ८० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।

बिल भुक्तानीको रकम दिने क्रममा सेवाग्राहीबाट घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले साहलाई निगरानीमा राखेको थियो।
नियन्त्रणमा लिँदा साहसँग ८० हजार रुपैयाँ घुस रकम फेला परेको थियो।
पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि हेटौँडास्थित अख्तियारको कार्यालयमा लगिएको छ।

ताजा अपडेट

Local News