वीरगञ्ज, ८ कात्तिक : पर्साको पटेर्वा सुगौली गाँउपालिकाको प्रशासनिक भवन निर्माण कार्य बजेट अभावका कारण प्रभावित भएको छ।
गाँउपालिका वडा नम्बर ४ दापासुगौलीमा निर्माणाधीन यो भवनको लागि संघीय सरकारले दिने भनेको बजेट समयमा नआउँदा काम रोकिएको हो।
संघीय सरकारले दिने भनेको ६० प्रतिशत बजेटमध्ये ३० लाख मात्र आएको छ। भवनको तीनवटै तल्लाको ढलान भइसकेको छ, तर झ्याल ढोका, शौचालय, वायरिङ लगायतका काम बाँकी छन्।
गाँउपालिका अध्यक्षले बजेट निकासाका लागि उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्। मन्त्री सिंहले छिट्टै बजेट निकासा गर्ने आश्वासन दिएका छन्।
