कोइरालाले सरकारलाई विकासमा तीव्रता दिन आग्रह गरे

विराटनगर, ८ कात्तिक : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताएका छन्।

आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गरे। उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे।

कोइरालाले सरकारलाई विकास निर्माणका कामलाई तीव्रता दिन आग्रह गरेका छन्। उनले मुलुकको समग्र विकासका लागि संघीयता आवश्यक रहेको बताएका छन्। संघीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने उनको धारणा छ। उनले दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको स्पष्ट पारेका छन्। नेपालको परराष्ट्र नीतिमा एकरुपता हुनुपर्ने उनको धारणा रहेको छ।

ताजा अपडेट

Local News