जनविश्वास र संगठनात्मक शक्तिले पर्सा–३ मा एमालेको बलियो अग्रता

पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी चुनाव अब सामान्य प्रतिस्पर्धाको सीमाभन्दा बाहिर निस्कँदै निर्णायक राजनीतिक संघर्षको चरणमा प्रवेश गरेको छ। नेकपा एमालेले संगठनात्मक मजबुती, जनविश्वास र युवा नेतृत्वको बलमा चुनावी अभियानलाई तीव्र बनाउँदै स्पष्ट रूपमा अग्रता लिएको संकेत देखिएको छ।

नेकपा एमाले पर्सा जिल्ला कमिटी अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ स्थित पार्टी कार्यालयमा सम्पन्न निर्वाचन केन्द्रित छलफल तथा परिचयात्मक कार्यक्रमले एमालेको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनमा विजयको स्पष्ट सन्देशसमेत प्रवाह गरेको छ। कार्यक्रममा देखिएको कार्यकर्ता उत्साह, अनुशासन र नेतृत्वको सक्रियताले पर्सा–३ को राजनीतिक वातावरणलाई नयाँ मोडमा पुर्‍याएको छ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पार्टी पंक्तिलाई एकताबद्ध भएर मैदानमा उत्रिन आह्वान गर्नुभयो। उहाँले अब भाषण, बहाना र भ्रमको राजनीति होइन, परिणाममुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै विकास, सुशासन र जनविश्वास एमालेको मुख्य एजेन्डा रहेको स्पष्ट पार्नुभयो।
“जनताको पक्षमा उभिने नेतृत्वले नै जित हासिल गर्छ, अवसरवादी राजनीति गर्नेहरू इतिहासमा सीमित हुन्छन्,” भन्दै पाण्डेले कार्यकर्तामा जोश र आत्मविश्वास भरिदिनुभयो।

छलफल कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्यहरू निर्मला देवकोटा र विजय सरावगी, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, जिल्ला कमिटी सचिव महेश दास, क्षेत्रीय कमिटी संयोजक मानदेव हजरालगायत शीर्ष नेतृत्वको उल्लेखनीय उपस्थिति रहेको थियो। केन्द्रीयदेखि स्थानीय तहसम्मको यस्तो बलियो सहभागिताले पर्सा–३ मा एमालेको चुनावी अभियान अब आक्रामक र निर्णायक चरणमा प्रवेश गरेको स्पष्ट संकेत दिएको छ।

कार्यक्रममा क्षेत्र नम्बर–३ को समग्र राजनीतिक समिकरण, संगठनात्मक अवस्था र जनभावनाबारे गहिरो समीक्षा गरिएको थियो। एमाले नेतृत्वका अनुसार युवा उम्मेदवार पाण्डेको स्पष्ट दृष्टिकोण, विकासप्रतिको प्रतिबद्धता र जनतामाझ बढ्दो विश्वासका कारण विपक्षीहरू दबाबमा परेका छन्। विपक्षी दलहरूको चुनावी रणनीति दिशाहीन बन्दै गएको र जनसमर्थन क्रमशः एमालेतर्फ केन्द्रित हुँदै गएको विश्लेषण पार्टीभित्र गरिएको छ।

कार्यक्रमपछि कार्यकर्तामा देखिएको उत्साह, संगठनात्मक एकता र अनुशासनले पर्सा–३ मा एमालेको विजय अब केवल सम्भावना मात्र नभई समयको प्रश्न बनेको संकेत दिएको छ। चुनावी मैदानमा एमालेको निर्णायक उपस्थितिले पर्सा–३ को राजनीतिक नक्शा परिवर्तन गर्ने निश्चित देखिएको छ।

ताजा अपडेट

Local News