जनमत पार्टीद्वारा संविधान दिवसमा शहीदप्रति श्रद्धाञ्जली, षडयन्त्रविरुद्ध सचेत रहन आह्वान

आश्विन ३ — जनमत पार्टीले आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवसका अवसरमा देशको रक्षाको लागि आहुति दिनु भएका सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीले जारी गरेको सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि लड्ने, अधिकार, पहिचान र आत्मसम्मानका लागि जीवन अर्पण गर्ने तथा देशमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम गर्न बलिदानी दिने शहिदहरूको योगदानलाई स्मरण गरिएको छ।

सन्देशमा भनिएको छ, “हो, यो संविधानले हामीले चाहेका सबै अधिकार पूर्ण रूपमा दिएको छैन र संशोधन आवश्यक छ, तर यही जनताद्वारा निर्मित अभूतपूर्व संविधान हो जसले दशकौंको संघर्ष, क्रान्ति र बलिदानीपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ।”

जनमत पार्टीले संविधानले पहिलोपटक विभिन्न समुदायको पहिचान, भेषभूषा, भाषा र संस्कृतिलाई नेपालको साझा सम्पत्ति भनेर अंगीकार गरेको उल्लेख गर्दै यसलाई खारेज गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने वा पुनः एकल जातीय एकतन्त्रीय शासन व्यवस्था लाद्ने षड्यन्त्रप्रति सचेत रहन सर्वसाधारणलाई आह्वान गरेको छ।

पार्टीले चेतावनी दिँदै भन्यो, “हामी शहीदको रगतलाई साक्षी राखेर यस्ता कुनै पनि चालबाजी र षड्यन्त्रलाई सफल हुन दिने छैनौं।”

ताजा अपडेट

Local News