बारा, ३० कात्तिक : बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहविरुद्ध ७८ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई कार्तिक ८ गते बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ बाट सेवाग्राहीसँग बिलको भुक्तानी गरेबापत घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा साहले घुस लिएको पुष्टि भएपछि अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार बिगो ७८ हजार रुपैयाँ कायम गरी शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
