वीरगञ्ज, १ कात्तिक : कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले वीरगञ्जमा आयोजित एक कार्यक्रममा सत्तारूढ दलहरूबीच संविधान संशोधनको विषयमा गहन छलफल भइरहेको जानकारी दिएका छन्। उनले कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई आधार मानेर संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताए।
मन्त्री चौरसियाका अनुसार, सबै राजनीतिक दलहरूबीच सहमति जुटाएर मात्रै संविधान संशोधन गरिनेछ। हामी हतारमा कुनै निर्णय लिने छैनौँ। उनले वर्तमान सत्ता गठबन्धनलाई २०८४ सालको निर्वाचनसम्म कायम राख्ने लक्ष्य रहेको पनि बताए।
सत्ता गठबन्धनले संविधान संशोधनका साथै सुशासन प्रवर्धन र अर्थतन्त्रलाई पुनर्जीवित गर्ने विषयमा केन्द्रित रहेको छ। मन्त्री चौरसियाले ट्रुथ एन्ड रिकन्सिलिएसन ९टीआरसी० विधेयक पारित हुनुलाई सरकारको उल्लेखनीय उपलब्धि भएको बताए।
