काठमाडौं, ११ कात्तिक : काठमाडौंको रानीवनबाट अटोमेटिक अमेरिकी पेस्तोल र खाली म्यागजिनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको भगवतीमाई स्थायी घर भएका नेपाली सेनाका सिपाही २५ वर्षीय अनिल खड्का रहेका छन्।
काठमाडौं प्रहरी परिसरको टोलीले शनिबार राति खड्कालाई नियन्त्रणमा लिएको प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
