बिल तिर्न तयार भए पनि उद्योगीको विद्युत लाइन काटियो

काठमाडौं, ११ कात्तिक : नेपाल विद्युत प्राधिकरणले ठूला उद्योगमा विद्युतको बक्यौता नतिरेको भन्दै लाइन काट्न सुरु गरेपछि उद्योगीहरू आक्रोशित भएका छन्। कात्तिक ८ गते प्राधिकरणले ३४ वटा उद्योगको लाइन काटेको थियो।

आज उद्योगीहरूले पत्रकार सम्मेलन गरी प्राधिकरणले प्रयोग नै नगरेको विद्युतको बक्यौता भन्दै लाइन काट्न सुरु गरेको भन्दै विरोध गरेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाका अनुसार प्राधिकरणले बिल पठाएर मात्रै हुँदैन, त्यसलाई प्रमाणित गर्ने कागजात पनि दिनुपर्छ। उनले भने, ूनेपालमा उद्योगको लाइन काटेर लगानीको वातावरण बिग्रार्दै गएको छ।ू

नेपाल सिमेन्ट उत्पादक संघका निर्वातमान अध्यक्ष ध्रुव थापाले प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्ने सम्झौता नै नगरेको उद्योगको लाइन काटिएको बताए। उनले भने, ूप्राधिकरणले गरेको सम्झौता देखाउन सक्दैन तर उद्योगको लाइन काट्छ। यसरी उद्योगीलाई दुःख दिनु भएन।ू

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले ९ वर्षदेखि उद्योग र प्राधिकरण बीच बक्यौताको विषय उठ्दै आएको बताए। उनले भने, ूसंसदीय समिति, उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरूले पनि अध्ययन गरेको छ। तर, राज्यले निकास दिन सकेन।ू

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ। प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ।

ताजा अपडेट

Local News