वीरगन्जका चर्चित उद्योगी जाटिया पक्राउ

वीरगन्ज, ११ कात्तिक : वीरगन्जका चर्चित उद्योगी प्रेमकुमार जाटियालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतको फैसलाअनुसार आइतबार दिउँसो वीरगन्जको लिंकरोडस्थित गरिमा विकास बैंकको माथि रहेको युनिक फर्मास्युटिकल्सको कार्यालयबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, जाटियाले मैग्नस फर्मास्युटिकल्स, श्रीराम कोलोनी, युनिक फर्मास्युटिकल्स लगायतका उद्योगमा लगानी गरेका छन्।

पर्सा जिल्ला अदालतले २०७१ वैशाख २ गते गरेको फैसलामा जाटियालाई ठेकेदार कम्पनी सत्यम सप्लायर्सलाई पाँच लाख रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो। तर, जाटियाले उक्त रकम भुक्तानी नगरेपछि अदालतले २०८१ कात्तिक २ मा पुनः अर्को फैसला गर्दै उनलाई ६ महिना कैद सजाय सुनाएको थियो। अदालतको उक्त फैसला कार्यान्वयन गर्न प्रहरीले जाटियालाई पक्राउ गरी अदालतमा पेश गरेको हो।

ताजा अपडेट

Local News