घाँटी रेटेर वृद्धको हत्या

बारा, १० कार्तिक : बाराको महागढीमाई नगरपालिका(१ सेमरा तेगछियामा शनिबार राति एक वृद्धको निर्मम हत्या भएको छ। स्थानीय ६० वर्षीय श्रीनारायण यादवलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हो।

प्राप्त जानकारी अनुसार, यादवलाई आफ्नै घर अगाडि राति ८ बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेको थियो। घाइते अवस्थामा उहाँलाई उपचारका लागि कलैयास्थित अस्पताल लगिँदै गर्दा बाटोमै निधन भएको हो।

हत्याको कारण अझै खुल्न सकेको छैन। घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाई अनुसन्धान सुरु गरेको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

ताजा अपडेट

Local News