काठमाडौं, ७ कात्तिक : सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको र प्रधानमन्त्री केपी शर्मा ओलीले साना दल फुटाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विपक्षी दलका नेताहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न जाँदै छन्।
विपक्षी दलहरूले आज दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपतिलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छन्। उनीहरूले अध्यादेश खारेज गर्न राष्ट्रपतिसँग आग्रह गर्ने बताएका छन्।
यसअघि विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।
