सहकारी घोटालाका अभियुक्त जोशीलाई आज पोखरा लगिदै

बुटवल, ७ कात्तिक : सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त पूर्वडीआईजी छविलाल जोशीलाई आज दिउँसो पोखरा फिर्ता गरिने भएको छ। सोमबार भैरहवा ल्याइएका जोशीसँग दुई दिन बयान लिएपछि प्रहरीले उनलाई बुद्ध एयरको साँढे १२ बजेको उडानमार्फत पोखरा पठाउन लागेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले जोशीलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न भैरहवा ल्याइएको र अब थप अनुसन्धानका लागि पोखरा फर्काइने बताए।

ताजा अपडेट

Local News