जोन्टी रोड्स पोखरा एभेन्जर्सको मेन्टरमा

काठमाडौँ, ७ कात्तिक : दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर तथा विश्वका सर्वश्रेष्ठ फिल्डरमध्ये एक जोन्टी रोड्स नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्समा आबद्ध भएका छन्। पोखरा एभेन्जर्सले रोड्ससँग तीन वर्षको सम्झौता गरेको जनाएको छ।

एनपीएलको पहिलो संस्करणका लागि रोड्स पोखरा एभेन्जर्सको सबैभन्दा ठूलो आकर्षण बन्ने निश्चित छ। केही वर्षअघि नेपालको राष्ट्रिय क्रिकेट टोली र उमेर समूहको टोलीलाई प्रशिक्षण दिइसकेका रोड्स हाल इन्डियन प्रिमियर लिग ९आईपीएल० को लखनउ सुपर जायन्ट्समा आबद्ध छन्।

पोखरा एभेन्जर्सले नोभेम्बर ६ मा लोमान्थाङमा आफ्नो टोलीको जर्सी सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। रोड्सले भने नोभेम्बर ७ मा टोलीको जर्सी सार्वजनिक गर्ने भिडियो सार्वजनिक गर्नेछन्।

पोखरा एभेन्जर्सले विदेशी खेलाडीको कोटामा अझै एक खेलाडी अनुबन्ध गर्न बाँकी छ।

ताजा अपडेट

Local News