रास्वपा कार्यकर्ताद्वारा सहकारी पीडितमाथि आक्रमण

पोखरा, ७ कात्तिक : सुर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र पोखरा सहकारी बचत पीडित संघ पीडित कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबाट सहकारी पीडितमाथि आक्रमण भएको आरोप लगाएका छन्।

बुधवार जारी विज्ञप्तिमा समितिले रास्वपाका कार्यकर्ताले सहकारी पीडितलाई लखेट्ने र कुटपिट गर्ने कार्य गरेको उल्लेख गरेका छन्। समितिका अनुसार, सहकारीको बचत फिर्ता र अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले रास्वपाका कार्यकर्ताले पोखरामा दैनिक जसो प्रदर्शन र विरोधका कार्यक्रम गरिरहेका छन्।

विज्ञप्तिमा भनिएको छ, “पोखराको शान्त वातावरण बिथोल्ने गरी पीडित बचतकर्ताविरुद्ध गरिएको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगी पीडित बचतकर्तालाई भड्काउने कार्य घोर निन्दनीय छ।”

गत शुक्रवार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले निरन्तर प्रदर्शन गरिरहेको छ।

ताजा अपडेट

Local News