काठमाडौं, ५ कात्तिक : राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू एमालेबाट किन बाहिरिन पुगे भन्ने प्रश्नको जवाफ दिँदै आफ्नै बुद्धि कमजोर भएको बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको बैठकमा उनले एमाले निर्माणमा आफ्नो ठूलो योगदान रहेको भए पनि आफ्नै कमजोरीका कारण पार्टीबाट बाहिरिनुपरेको बताए।
गौतमले प्राकृतिक प्रकोपको जोखिमबारे समयमै सरकारलाई सचेत गराउँदा पनि बेवास्ता गरिएको गुनासो गरे। उनले भने, “मैले पहिरोको जोखिमबारे समयमै सचेत गराएको भए धेरै क्षति हुने थिएन।”
उनले सहकारी क्षेत्रमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्नुपर्नेमा जोड दिए।
