सिमकोट, ५ कात्तिक : नेकपा ९एमाले०का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशको अस्थिरता अन्त्य गर्न एमाले(कांग्रेस गठबन्धन आवश्यक रहेको बताएका छन्।
हुम्लाको भ्रमणमा रहेका ज्ञवालीले भने, “देशमा बढ्दो अस्थिरता र भ्रष्टाचारलाई नियन्त्रण गर्न यो गठबन्धन बनेको हो।” उनले यो सरकारले देशलाई निकास दिने दिशामा काम गरिरहेको दाबी गरे।
ज्ञवालीले एमाले र कांग्रेस देशका मुख्य राजनीतिक शक्ति भएको र यी दुई दलको सहकार्यले मात्रै देशलाई समृद्ध बनाउन सकिने बताए। उनले भने, “विगतमा पनि एमाले र कांग्रेसले मिलेर धेरै काम गरेका छन्। अहिलेको गठबन्धनले देशमा सकारात्मक परिवर्तन ल्याउनेछ।”
ज्ञवालीले हुम्ला जिल्लाको विकासका लागि सरकारले प्राथमिकता दिने बताउँदै खार्पुनाथमा बेलिब्रीज निर्माण र कर्णाली कोरिडोरको स्तरोन्नती गर्ने विषयमा पहल गर्ने बताए।
