रविलाई अदालतमा बोल्न दिएकोमा गृहमन्त्री रुष्ट

काठमाडौं, ५ कात्तिक: जिल्ला अदालत कास्कीमा हिरासतमा रहेका रवि लामिछानेले सरकारविरोधी अभिव्यक्ति दिएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा अधिकारीहरूमाथि असन्तुष्टि जनाएका छन्।

लामिछानेले अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले आफूलाई झुटा मुद्दा लगाएको आरोप लगाएका थिए। उनको यो अभिव्यक्ति सार्वजनिक भएपछि गृहमन्त्री लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई टेलिफोन गरी सुरक्षा व्यवस्थामा कमी भएको भन्दै प्रश्न गरेका छन्।

हिरासतमा रहेका व्यक्तिले कसरी यसरी खुलेआम सरकारविरुद्ध बोल्न पाउँछ भन्ने प्रश्न गर्दै गृहमन्त्रीले सुरक्षा व्यवस्था कडाइ गर्न निर्देशन दिएका छन्।

यसअघि, संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया प्रालिमा सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित अन्यलाई कारबाही गर्न सिफारिस गरेको थियो। उक्त आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो।

ताजा अपडेट

Local News